सन्तोसजनक शो सहति ‘ह्रस्व दीर्घ’ आजबाट हलमा
काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र सन्तोसजनक शो सहित देशभरका हलमा रिलिज भएको हो ।
चलचित्रले एक्सन, प्रेम र सामाजिक कथा भन्ने निर्माणपक्षले जनाएको छ । धार्मिक कथामा चलचित्र हो कि भन्ने आशंका भइरहेका बेला निर्माणपक्षले एक्सन, प्रेम र सामाजिक कथामा चलचित्र बनेको बताएको छ ।
चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारीसँगै ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ ।
चललचित्रमा निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको छ । प्रतीक पौडेलको संवाद छ । चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
‘ह्रस्व दीर्घ’ नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।