‘पूर्ण बहादुरको सारङ्गी’ले ओभरसिज मार्केटमा बनाएका यी रेकर्ड
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ ।
नेपालमा सबैभन्दा धेरै कमाउने चलचित्र, सबैभन्दा धेरै १० करोड र २० करोड रुपैयाँ कलेक्सन गर्ने चलचित्र, सबैभन्दा धेरै दैनिक र साप्ताहिक शो पाउने सिनेमा, अधिकांश शो शोल्डआउट हुने सिनेमाको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’ले बनाएको छ ।
नेपाली बक्सअफिसमा यी रेकर्ड बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ले ओभरसिज मार्केटमा पनि रेकर्ड बनाउन सुरु गरेको छ ।
विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।
यस्तै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ले १४ दिनमो नेपाली बक्सअफिसमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।