हाउसफुल हुँदै ‘ह्रस्व दीर्घ’
काठमाडौं । चन्द्र पन्त निर्देशित चलचित्र ‘ह्रस्व दीर्घ’का अधिकांश शो हाउसफुल भएका छन् । अग्रिम टिकट बुकिङमै ‘ह्रस्व दीर्घ’का धेरै शो हाउसफुल नजिक पुगेको देखिएका थिए ।
शुक्रबारबाट रिलिज भएको चलचित्रले सीमित शो पाएको छ । पाएका अधिकांश शोमा दर्शक भरिएका छन् ।
चलचित्रमा नीता ढुंगाना र हरिहर अधिकारी मुख्य भूमिका छ । ‘ह्रस्व दीर्घ’मा ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनील वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईंटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतको अभिनय रहेको छ ।
निर्देशक चन्द्र पन्त र अभिनेता हरिहरको लेखन तथा पटकथा रहेको चलचित्रमा प्रतीक पौडेलको संवाद छ ।
चलचित्रलाई बलिउडका चर्चित सिनेमेटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।