karsang
Close Me

४५ वर्षपछि फेरि बन्दै गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा चलचित्र

काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर दोस्रोपटक चलचित्र निर्माण हुने भएको छ । मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माण कम्पनीलाई अनुमति दिएको छ ।

निर्माता सुशीलकुमार पोखरेललाई कथाकार मैनालीका छोरा माधवप्रसादले ‘कथाको मर्म नबिग्रने गरी’ निर्माणको अनुमति दिएको निर्माणपक्षले जनाएको छ ।

पोखरेलका अनुसार चलचित्र २०८२ को दसैँमा प्रदर्शन हुनेछ । फागुनदेखि छायांकनमा जानेछ ।

यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र निर्माण गरेका थिए ।

निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतिकरण र पटकथालाई फरक तरिकाले प्रस्तुत गर्ने बताए ।

लक्ष्मण सुनारको निर्देशन गर्नेछन् ।