धनुषलाई नयनताराको खुला पत्र- तिमी यति तल झर्छौ भन्ने सोचेकी थिइनँ
काठमाडौं । दक्षिण भारतकी अभिनेत्री नयनताराले डकुमेन्ट्री विवादलाई लिएर अभिनेता धनुषको आलोचना गरेकी छन् ।
सामाजिक सञ्जालमा एक नोट शेयर गर्दै अभिनेत्रीले भनेकी छन्, ‘तिमी आफ्नो बुवा र भाइका कारण सफल अभिनेता बन्यौ तर फिल्म उद्योगमा मेरो कोही गडफादर थिएन । तर, तिमी यति तल झर्छौ भनेर मैले सोचेको थिइनँ ।’
वास्तवमा यो मामिला नयनताराको जीवनमा आधारित वृत्तचित्र ‘नयनथाराः बियन्ड द फेयरी टेल’सँग सम्बन्धित छ । यस डकुमेन्ट्रीमा ३ सेकेण्डको भिजुअलमा आपत्ति जनाउँदै धनुषले अभिनेत्रीलाई १० करोड रुपैयाँको कानूनी नोटिस पठाएका छन् ।
नयनताराले खुल्ला पत्रमा लेखेकी छिन्, ‘बुवा र भाइको कारणले गर्दा तिमी सफल अभिनेता बन्यौ तर फिल्म क्षेत्रमा मेरो कोही गडफादर थिएन, त्यसैले संघर्ष गर्नुपरेको थियो र आज म आफ्नै कारणले फिल्म क्षेत्रमा उभिएकी छु । मेरा फ्यानहरूलाई मेरो काम थाहा छ र मेरो वृत्तचित्र पर्खिरहेका छन्, तर तपाईंको मनोवृत्तिले हाम्रो काममा ठूलो प्रभाव पारेको छ। तर यसको परिणाम पनि भोग्नुपर्छ ।
अभिनेत्रीले थप लेखेकी छिन्, ‘तिमीले दुई वर्षसम्म एनओसीको पर्खाइमा बस्यौ र मेरो डकुमेन्ट्री पनि पास गर्न सकेनौं, त्यसैले हामी यसलाई फेरि सम्पादन गर्नेछौं । ३ सेकेण्डको भिजुअलका लागि १० करोड रुपैयाँको कानूनी नोटिस पठाउने निर्णय गरेऊ । अब यसको फैसला कोर्टमा हुने छ र तपाइँको कानूनी नोटिसलाई कानूनी रूपमा जवाफ दिइनेछ ।’
पूरै विवाद के हो ?
अभिनेत्री नयनताराले अभिनेता धनुषसँग उनको फिल्म ‘नानुम राउडी धान’ को गीत र भिजुअलको लागि उनको डकुमेन्ट्री ‘नयनथाराः बियन्ड द फेयरी टेल’का लागि अनुमति मागेकी थिइन् । तर धनुषले उनीहरुलाई अनुमति दिन मानेनन् र डकुमेन्ट्रीको ट्रेल हेरेपछि मात्र ३ सेकेन्डको भिजुअल चोरी गरेको आरोपमा अभिनेत्रीलाई १० करोड रुपैयाँको कानूनी नोटिस पठाए । नयनतारा आफैं फिल्म ‘नानुम राउडी धन’मा मुख्य अभिनेत्री थिइन् ।
यो विवाद बाहिरिएपछि नयनतारा गुगलमा निरन्तर सर्च छिन् । पछिल्लो ३० दिनको गुगल ट्रेन्डलाई हेर्दा नयनताराको खोजीको ग्राफ तीव्र गतिमा बढेको प्रष्ट हुन्छ ।