karsang
Close Me

कसले जित्यो ‘एफएलएफ अवार्ड’ ?

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्सले आयोजना गर्दै आएको भाषा, संस्कृतिमा बनेका फिल्म, म्युजिक भिडियोहरुको संयुक्त संस्कृतिमूलक अवार्ड ‘एफएलएफ अवार्ड’को छैटौँ सस्करण राजधानीमा सम्पन्न भएको छ ।

किशोर सुब्बा, दिनेश लिङ्देन, लिला सिङ्घक र विवस माङ्मु जुरी मण्डल रहेको अवार्डमा नायक आशिष लिङ्देनलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको थियो ।

अवार्डमा फिल्म ‘सुगुप’ले ‘उत्कृष्ट चलचित्र’ र ‘चे’ले ‘उत्कृष्ट कथा’को अवार्ड जिते ।

नायिकातर्फ विमला खजुम, नायकतर्फ आशाहाङ आङ्बो, गीतकारतर्फ रीता फोम्बो, संगीततर्फ संगीतकार रोशन बान्तावा राई, गायिकातर्फ सुनिता लावती, गायकतर्फ निर्मल सुब्बा, छायांकारतर्फ सम्राट कार्की र निर्देशकतर्फ सागर सुब्बा उत्कृष्ट ठहरिए ।

कार्यक्रमलाई सांगीतिक बनाउन गायक धिरज राई, हेम दिलुङछा राई, नरेश बनेमले गीत गाउँदा नायक सोम लामाले नृत्य प्रस्तुत गरेका थिए ।