‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा कमायो ३४ करोड ३६ लाख
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रामक ब्यापार जारी राखेको छ । कात्तिक १५ गते रिलिज भएको चलचित्रले हालसम्म दैनिक उच्च कलेक्सन गरिरहेको छ ।
निर्माणपक्षका अनुसार १६ दिनमा यो चलचित्रले ३४ करोडको आंकडा पार गरेको छ । निर्माता विनोद पौडेलका अनुसार १६ दिनमा ‘पूर्ण बहादुरको सारङ्गी’ले ३४ करोड ३६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
यो नेपालको बक्सअफिस कलेक्सन मात्रै हो । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले १६ दिनमा कमायो ३४ करोड ३६ लाख
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।
कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।