karsang
Close Me

नेपाली सिनेमामा सिक्किमेली कमेडियन

काठमाडौं । चलचित्र ‘मायाका रंगहरु’मा सिक्किमका चर्चित कमेडियन पदम तामाङ अनुबन्धित भएका छन् । तामाङ गरिमा इन्टरटेनमेन्टका सञ्चालक समेत हुन् ।

उनलाई चलचित्र ‘मायाका रङहरु’का निर्माता तथा निर्देशक केवल तामाङले हालै काठमाडौंमा अनुबन्धित गरेका हुन् ।

यो चलचित्रमा अभिनेता पल शाह, सुनील थापा र बुद्धि तामाङ अनुबन्धित भैसकेका छन् । निर्देशक तामाङले फिल्मका लागि प्रमुख नायिकाको खोजी भइरहेको बताएका छन् ।

चलचित्रको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिनेछ ।