सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन
२४ जेष्ठ २०८१, बिहीबार
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो ।
दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमा गरेको अन्याय र अत्याचारलाई उजागर गर्ने प्रयास गरेको छ । प्राज्ञ विष्णु मोक्तानले लेखेको नाटकलाई पुरु लम्सालले नाट्य रुपान्तरण गरेका हुन् ।
नाटकलाई सुशीलसिंह ठकुरीले निर्देशन गरेका छन् । नाटक मञ्चन पश्चात कुलपति निशा शर्माले नाटकमा अभिनय गर्ने कलाकारहरूको प्रशंसा गर्दै नाटकमा दर्शाउन खोजेको पहिचानको लडाईं अझै पनि जारी रहेको बताइन् ।