ललितपुरमा आजदेखि फिल्म साउथ एसिया महोत्सव, कवीर खान आउँदै
काठमाडौं । फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै छ ।
ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचित्र र वृत्तचित्र प्रर्दशन गरिनेछन् । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिम रहेको महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायत नौ देशका चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवका सहायक निर्देशक पवस मानन्धरका अनुसार यस वर्ष वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड थप गरिएको छ । उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डको लागि प्रतिस्पर्धा हुनेछ ।
महोत्सवमा निर्देशनसम्बन्धी कार्यशाला पनि हुँदै छ ।
कार्यशालामा भारतका निर्देशक कवीर खानको उपस्थीति रहने बताइएको छ । महोत्सवमा पहिलो दिन आज विद्यार्थीद्वारा सिर्जित सात लघु चलचित्र प्रदर्शन गरिनेछ ।