फ्राइडे रिलिज : ‘तेल भिसा’ र ‘अग्निदहन’ हलमा
काठमाडौं । चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत यी दुई चलचित्र आजबाट प्रदर्शन भएका हुन् ।
यी दुई मध्ये मल्टिप्लेक्समा ‘तेल भिसा’ले सन्तोषजनक शो पाएको छ । ‘अग्निदहन’ले भने सीमित शो पाएको छ । सीमित शो पाएको ‘अग्निदहन’ले प्रिमियरमा भने राम्रो प्रतिक्रिया पाएको छ ।
खासै धेरै प्रचार नगरी आएको यो चलचित्रलाई कम नआक्न सिनेमा हेरेपछि अधिकांशले दिएको प्रतिक्रिया हो ।
‘तेल भिसा’मा विपीन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो चलचित्रमा अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।
‘तेल भिसा’ शंकर घिमिरेले निर्देशन गरेको चलचित्र हो ।
‘अग्निदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद छ । कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।