karsang
Close Me

‘पूर्ण बहादुरको सारङ्गी’को ओपनिङ कलेक्सन थियो १७ लाख

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले एकै दिन तीन करोड ८९ लाख ग्रसकलेक्सन गर्दै एकै दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्रको रेकर्ड राख्यो ।

‘पूर्ण बहादुरको सारङ्गी’ले ‘कबड्डी ४’को रेकर्ड तोड्दै एकै दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्रको रकेर्ड बनाएको थियो ।

यो चलचित्रले हालसम्म बनेका अधिकांश रेकर्ड तोडिसकेको छ । अहिलेसम्म नेपाली चलचित्रकले बनाएका सबै रेकर्ड तोडेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ओपनिङ कलेक्सन कति गरेको थियो । यो धेरैको जिज्ञासा हुनसक्छ ।

‘पूर्ण बहादुरको सारङ्गी’ले ओनिकङ १७ लाख गरेको थियो । पहिलो दिन १७ लाख कलेक्सन गरेको चलचित्रले दोस्रो दिन पनि देशभरका अलबाट १७ लाखकै हाराहारीमा कलेक्सन गरेको थियो ।

तेस्रो दिनको मध्याह्नबाट यो चलचित्रले हाउसफूल व्यपार गर्न सुरु गरेको थियो । यो चलचित्रले चार सातामा नेपालमा ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । यो एक करोड ३० लाखमा बनेको चलचित्र हो ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बरालसँगै प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सय करोड क्लबको यात्रामा ‘पूर्ण बहादुरको सारङ्गी’, चार साताको कलेक्सन ७० करोड