‘शाम्बाला’लाई युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड
१५ मंसिर २०८१, शनिबार
काठमाडौं । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जितेको छ । यो अवार्डलाई एसियाली अस्कर अवार्ड पनि भनिन्छ ।
अष्ट्रेलियामा भएको एसिया प्यासिफिक स्क्रिन अवार्डमा ‘शाम्बाला’ले युनेस्को कल्चरल डाइभर्सिटी अवार्ड जितेको हो ।
‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा र कर्मा वांग्याल गुरुङको मुख्य भूमिका छ ।
‘शाम्बाला’ ९७ औँ अस्कर अवार्डमा नेपालबाट छनोट भएको चलचित्र हो । यो चलचित्र नेपालमा रिलिज भइसकेको छ ।