‘हेरिटेज अफ फेसन नेपाल २०२४’ सम्पन्न

काठमाडौं । एस्याप इन्टरटेनमेन्टले आयोजना गरेको ‘हेरिटेज अफ फेसन नेपाल २०२४’ सम्पन्न भएको छ । शनिबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा पोखरमा कार्यक्रम सम्पन्न भएको हो ।

‘हाम्रो संस्कृति हाम्रो पहिचान’ नारासहित आयोजना गरिएको कार्यक्रममा कलाकार तथा मोडलले फेसन डिजाइनरले तयार पारेका ड्रेसमा र्‍याम्प नापेका थिए ।

‘हेरिटेज अफ फेसन’ नेपाली कला र संस्कृतिको वास्तविक उत्सव रहेको भन्दै शीर्ष फेसन डिजाइनरहरू, मोडेलहरू र मेकअप आर्टिस्टहरूले आकर्षक रनवेमा आफ्नो कला प्रस्तुत गरेको आयोजकले जनाएको छ ।

चलचित्र ‘चित्रा’का अभिनेता समेत रहेका सन्तोष अधिकारी र अभिनेत्री करिश्मा श्रेष्ठ शो स्टपर रहेको ‘हेरिटेज अफ फेसन’मा मोडल हेमा हमाल (सिक्वेंस स्टपर), सुमी बनिया कोरियोग्राफर र कृतिका अर्याल मोडल संयोजक रहेका थिए ।

प्रतिमा थापा इभेन्ट संयोजक रहेको ‘हेरिटेज अफ फेसन’मा रोविन परियार, मिका महतो, केशी महतो, रोहित चौधरी, सजिना बिष्ट, ज्वालाराज पोखरेल, शेरोन शाही, द रोयल बहादुर शाह र राज्यलक्ष्मीको ड्रेस डिजाइन रहेको थियो ।

यसअघि नेपाल र अस्ट्रेलियाको सिड्नीमा सफलता पूर्वक सम्पन्न भइसकेको ‘हेरिटेज अफ फेसन’ परम्परागतदेखि समकालीन डिजाइनले नेपालको समृद्धी, जीवन्त सम्पदा झल्काएको दाबी आयोजकको छ । नेपाली कला र संस्कृतिको जगेर्नामा सहयोग गर्न उल्लेख्य मात्रमा सहभागी भएको संस्थाका अध्यक्ष तथा निर्देशक अधिकारीले बताए ।

कार्यक्रममा नेपाली चलचित्रका सेलिब्रेटीहरू, निर्देशक घनश्यामा लामिछाने, नेपाली सेनाका अधिकारीहरुसंगै नेपाल प्रहरीका उच्च अधिकारीहरु र विभिन्न विद्यालयका प्रिन्सिपलदेखि स्थानीय नेताहरूको सहभागिता रहेको थियो ।