गैरकानुनी रूपमा सञ्चालनमा रहेका हलबारे मौन बस्यो बोर्ड
काठमाडौं । चलचित्र विकास बोर्डले नेपालमा १५८ वटा सिनेमा हल रहेको तथ्यांक सार्वजनिक गरेको छ । प्रदेशवाइज कुन प्रदेशमा हलको संख्या कति छ भनेर बोर्डले तथ्यांक सार्वजनिक गरेको हो ।
देशभर १५८ वटा हल रहँदा कोसी प्रदेशमा २६, मधेश प्रदेशमा २४, बागमती प्रदेशमा ६७, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा २४, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा एउटा हलमा सञ्चालनमा रहेका बोर्डको तथ्यांकमा उल्लेख छ ।
सबैभन्दा धेरै बागमतीमा र सबैभन्दा कम हल सुदूरपश्चिममा रहेको बोर्डको तथ्यांक छ ।
बोर्डले सार्वजनिक गरेका १५८ बाहेक पनि हल रहेको छन् । तर ती हल गैरकानुनी रुपमा चलिरहेका छन् । इजाजत नवीकरण नगरी सञ्चालनमा रहेका हुन् । र यस्ता हलको संख्या २० छ ।
सेभेन सिस सिनेमाले २० सिनेमा हलले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को फेक बक्सअफिस रिपोर्ट दिएको भन्दै ती हलको नाम सार्वजनिक गरेको थियो । तर, हलहरुको संस्था चलचित्र संघले सभेन सिजले हल सञ्चालकको बदनाम गराउन खोजेको भन्दै माफी माग्न चेतावनी दिएको थियो ।
तर चलचित्र विकास बोर्डले सेभेन सिनेमाजले सार्वजनिक गरेका हल इजाजत नवीकरण नरी गैरकानुनी रूपमा सञ्चालनमा रहेको भन्दै कारबाही गर्ने प्रतिबद्धता जनाएको थियो ।
तर, बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकमा गैरकानुनी रुपमा सञ्चालनमा रहेका हलको नाम नरहे पनि त्यसबारे भने बोर्ड मौन छ ।