किन थिएनन् अल्लू अर्जुन, रश्मिका र फहाद ‘पुष्पा’का लागि पहिलो रोजाइ ?
काठमाडौं । दक्षिण भारतीय सुपरहिट चलचित्र ‘पुष्पा:द राइज’को सफलतापछि दर्शकहरू यसको दोस्रो भाग ‘पुष्पा: द रूल’को प्रतीक्षामा छन् । यो बहुप्रतीक्षित चलचित्र भोलि (बिहीबार) डिसेम्बर ५, २०२४ मा विश्वभरका सिनेमाघरहरूमा प्रदर्शन हुने तयारीमा छ ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको यो चलचित्रमा अल्लू अर्जुन, रश्मिका मन्दाना र फहाद फासिल मुख्य भूमिकामा छन् । तर, सुरुमा यी कलाकारहरू चलचित्रको लागि पहिलो छनोट थिएनन् ।
रिपोर्टका अनुसार यो चलचित्रका लागि पहिले छनोट यी स्टारले काम नगर्ने भएपछि अल्लू अर्जुन, रश्मिका र फहादलाई प्रस्ताव गरिएको थियो ।
निर्देशक सुकुमारले ‘पुष्पा’ का लागि महेश बाबु पहिलो छनोट थिए, तर यो अभिनेता फिल्मका निर्देशक सुकुमारका लागि पहिलो छनोट भएनन् ।
मनी कन्ट्रोलको एउटा रिपोर्टअनुसार निर्देशक सुकुमारले महेश बाबुलाई पुष्पराजको मुख्य भूमिकामा कास्ट गर्न चाहन्थे । तर, महेश बाबु खैरो रङ भएको चरित्र खेल्न हिचकिचाए र त्यसबाट बाहिरिए ।
महेश बाबुले भूमिका अस्वीकार गरेपछि, अल्लू अर्जुनलाई भूमिकाका लागि सम्पर्क गरियो। अल्लू अर्जुनले फिल्ममा आफ्नो अभिनयका लागि राष्ट्रिय पुरस्कार पनि जितेका थिए र प्रतिष्ठित पुरस्कार जित्ने पहिलो तेलुगु अभिनेता बने।
निर्देशक सुकुमारले सामन्था रुथ प्रभुलाई प्रस्ताव गरे । सामन्था रुथ प्रभुले आफ्नो नृत्य चालबाट पर्दामा आगो लगाएपछि अभिनेत्रीलाई ‘पुष्पाः द राइज’ मा श्रीवल्लीको भूमिका प्रस्ताव गरिएको थियो। यद्यपि उही रिपोर्टका अनुसार सामन्थालाई पहिलो पटक फिल्ममा ‘श्रीवल्ली’ को भूमिका प्रस्ताव गरिएको थियो, तर उनले यसलाई अस्वीकार गरिन् । सामन्था रङ्गस्थलमपछि पर्दामा गाउँकी केटीको भूमिका खेल्न चाहँदिनन् थिइन् । यो भूमिका पछि रश्मिका मन्दानालाई प्रस्ताव गरिएको थियो । सोही समयमा यसको आइटम गीत ‘ऊ अन्तवा’ का लागि पहिले नोरा फतेही र त्यसपछि दिशा पटानीलाई सम्पर्क गरिएको थियो । तर, दुवैले उक्त प्रस्ताव अस्वीकार गरे ।
निर्देशकले अभिनेता विजय सेतुपतिसमेत यो चलचित्रको लागि प्रस्ताव गरे । सुकुमारले विजय सेतुपतिलाई एसपी भंवर सिंह शेखावतको भूमिका प्रस्ताव गरेको बताइएको छ । तर, आफ्नो व्यस्त तालिकाका कारण अभिनेताले सुकुमारको फिल्मका लागि समय निकाल्न सकेनन् । विजयपछि, जिशु सेनगुप्तालाई भूमिकाका लागि सम्पर्क गरिएको थियो, जसले कोभिड महामारीको कारण अस्वीकार गरे । त्यसपछि विक्रम, माधवन र आर्यलाई पनि सम्पर्क गरियो, तर भूमिका अन्ततः फहाद फासिलमा गयो ।
‘पुष्पा: द रूल’ले दर्शकहरूमा ठूलो उत्साह जगाइसकेको छ । यसले विष्फोटक ओपनिङ गर्ने निश्चित छ । बुकिङ खोल्न बित्तिकै देखिएको बुकिङले पनि यसले विफ्फोटक ओपनिङ गर्ने देखिएको छ । ओपनिङको दोस्रो र तेस्रो दिन शुक्रबार र शनिबार ‘पुष्पा २’ तीन दिनमा उछाल ग्रसकलेक्सन गर्ने निश्चित छ । त्यसपछि भने ‘पुष्पा २’ ले व्यापार वर्ड अफ माउथमा भरपर्नेछ ।