‘नुमाफुङ’सहित १० वटा चलचित्र बोर्डले एचडी क्वालीटीमा अर्काइभ गर्ने

काठमाडौं । ‘१२ औं नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४’ सम्पन्न भएको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले लिम्बू संस्कृतिमाथि बनेको चलचित्र ‘नुमाफुङ’को डिजिटल गर्न अधिकार माग गरे । ‘नुमाफुङ’ निर्देशक नवीन सुब्बाले डिसीको आग्रह स्वीकार गरेका छन् ।

बोर्डले ‘नुमाफुङ’सहित १० चलचित्रलाई १६ एमएम रिलबाट डिजिटल फुल एचडी क्वालीटी बनाएर अर्काइभ गर्ने डिसीले जानकारी दिए ।

यसै वर्ष कान्स चलचित्र महोत्सवको सर्ट फिल्म समूहमा अवार्ड जितेको लघु चलचित्र ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’लाई उद्घाटन समारोहमा प्रदर्शन गर्दै सुरू भएको महोत्सवमा नेपालसहित पाकिस्तान, बंगलादेश, भारत तथा युरोपका विभिन्न मुलुकका चलचित्रकर्मीहरु सहभागी भएका थिए ।

महोत्सवमा नेपालसहित २३ देशका ५३ वटा चलचित्र चयन भएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको कार्यक्रमलाई यसवर्ष चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।