‘रेमन्यान्ट्स’ले जित्यो नेपाली पानारोमा अवार्ड, सुविना बनिन् उत्कृष्ट महिला फिल्ममेकर
काठमाडौं । १२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ । धनराज बार्कोटेले यस चलचित्र निर्देशन गरेका हुन् ।
बिहीबार सम्पन्न महोत्सवमा ‘देवी’ वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला फिल्ममेकरको अवार्ड जितिन् । ‘ब्ल्याक रेन इन माई आइज’ले उत्कृष्ट लुघ वृत्तचित्र अवार्ड जितेको छ । त्यस्तै सर्ट फिक्सनजतर्फ द फर्स्ट फिल्मले अवार्ड जितेको छ ।
अवार्ड विजेताहरुलाई प्रतिनिधिसभा सांसद् ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे ।
फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टु स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित ‘अल वि इम्याजिन एज लाइट’ले जितेको छ ।
मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।
महोत्सवको सुरुवातमा ‘ अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरुमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।