समीक्षा अधिकारीको चेतावनी– मेरो चरित्रहत्या भयो, साइबर ब्युरो जान्छु
६ पुष २०८१, शनिबार
काठमाडौं । गायिका समीक्षा अधिकारीले एआई प्रयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास भइरहेको बताएकी छन् ।
“मेरो चरित्रहत्या हुने भिडियो बनाएर भाइरल गरिएको देखेँ । यत्तिकै सिर्जनशीलता र समय राम्रो काममा खर्चिएको भए तपाईंहरू (जसले भिडियो बनाए)को वर्तमान र भविष्य उज्जवल हुने थियो,” समीक्षा सामाजिक सञ्जालमा लेख्छिन् ।
उनले चरित्रहत्या गर्नेविरुद्ध कानुनी उपचार खोज्ने बतएकी छन् । साइबर ब्युरो जाने बताएकी छन् ।
फेसबुक, टिकटक र युट्युबमा ‘मलाई पालैपालो पटक पटक…’ लगायत विभिन्न भिडियो देखिन्छन् ।