karsang
Close Me

छोटो मिठो टिजरले जगायो कौतुहलता


काठमाडौं । चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को छोटो टिजर निकै मिठो छ । थोरै दृश्य र संवादले धेरै कुरा भनेको छ ।

निलो ताल र त्यस्तै परिवेशले सिनेमाका पात्र शान्तिको खोजीमा रहेको संकेत गरेको छ ।

घर जान संधैँ उत्साही हुने अवस्था बनोस् भन्ने कामना गर्ने संवादले घरमा केही समस्या छ भन्ने संकेत गरेको छ । त्यसपछिको पंक्तिले चोट सहेको परिवारका सदस्यका लागि आगामी दिन त्यही चोटले पनि नघोचोस् भन्ने कामना गर्दै त्यही नै अगाडि बढ्ने पाइला बनोस् भन्ने अपेक्षा गरेको छ ।

यसले परिवार गहिरो संकटपछि सामान्य अवस्थामा फर्किने कोसिस गरिरहेको अनुमान लगाउन सकिन्छ ।

दृश्यले नातीसँग संकटमा रहेकी हजुरआमाको भेट भएको र बाँच्ने इच्छा पलाएर आएको संकेत गरेको छ । नाती सहरिया परिवेशबाट हजुरआमाको सम्पर्कमा आएर घर फर्किरहेको दृश्यले पुनरमिलनको आभास दिलाउँछ ।

धुमिल कलरले जिन्दगीको कठिनाइलाई संकेत गरेको छ ।

यो छोटो टिजरले आफैंमा धेरै कुरा भन्दै कौतुहलता सिर्जना गर्न सफल भएको छ । सिनेमाको कथाको संकेत गर्दै कौतुहल सिर्जना गर्नसक्नु यो टिजरको सवल पक्ष हो ।

सिनेमाकी मुख्य कलाकार लक्ष्मी गिरीले वाचन गरेको कविताको अंशबाट सुरु हुने टिजरमा मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शीवाद क्षेत्री गाउँ फर्किरहेका छन् । यसले चलचित्रले ग्रामीण परिवारलाई केन्द्रमा राखेर कथा भनेको टिजरबाट देखिन्छ ।

‘श्री बुकुरो : द होम कलिङ’ सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र हो । यो सिनेमाबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्कीलगायतको अभिनय छ ।

पारिवारिक कथामा निर्माण भएको सिनेमामा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा पारिवारिक कथा र ग्रामीण जीवनशैलीमा आधारित कथामा बनेको बुझ्न सकिन्छ । जसले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको संकेत गर्दछ ।

यो सिनेमाबाट निर्देशक सिंह ७ वर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि उनले चर्चित चलचित्रहरू ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद र लक्ष्मीसँगै निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्माको अभिनय रहेको छ।

निर्देशक सिंहकै लेखन रहेको सिनेमा निर्माणमा रुबी सेन सिंह संलग्न रहेकी छिन् ।

मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा खिचिएको चलचित्रको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् ।

सिनेमाका गीतहरूमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत समावेश गरिएको छ । निर्देशक सिंहका अनुसार, चलचित्रको प्रदर्शन मिति चाँडै घोषणा गरिने तयारी भइरहेको छ ।