karsang
Close Me

दयाहाङ र आँचलको ‘दुखी आत्मा’को जापान अधिकार विक्री

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्र ‘दुखी आत्मा’को जापान वितरण अधिकार विक्री भएको छ ।

आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको विदेशी बजारमा उल्लेखनीय रूपमा माग बढेसँगै ‘दुखी आत्मा’को सुरुवातमा जापान वितरण अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको यसको निर्माण पक्षले जानकारी गराएको छ ।

यो सिनेमा नेपालसँगै जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनए इन्टरटेन्मेन्टले जनाएको छ ।

निर्माण टिमले कति रकममा सिनेमाको जापान वितरण विक्री भएको भन्ने विवरण नखुलाए पनि यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग रहेको कारण खरिद गरिएको उल्लेख गरे ।

निर्माण टिमका अनुसार ‘दुखी आत्मा’को माग अन्य देशहरूबाट पनि भइरहेको छ । निर्माता हिमाल कडरियाका अनुसार केही दिनमै अधिकांश देशमा सिनेमाको वितरण अधिकार विक्री हुने अपेक्षा गरेका छन् ।

‘दुखी आत्मा’मा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्रका कार्यकारी निर्माता सुदिप ढकाल र लगानीकर्ता हिमाल कडरिया हुन् । फिल्म आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।