एलिना चौहानले रुदै ‘डामहरू’ देखाएर भिडियो बनाएपछि…
चर्चित गायिका एलिना चौहानको एक भिडियो निकै भाइरल भइरहेको छ । यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनी अनुहार भरी चोट लिएर रुँदै गरेको जस्तो देखिन्छ ।
विवाहपछि अस्ट्रेलिया पुगेकी गायिका एलिनाले रुँदै बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनका फ्यानहरू तरङ्गित भएका छन् । पतीसँग अस्ट्रेलिया भासिएकी एलिनाले पछिल्लो समय लेखेका दुखी खालका पोस्ट र भिडिओ रीलले फ्यानहरू कौतुहलमा छन् ।
अनुहारमा राता ‘डामहरू’ देखाएर रोइरहेकी उनको पछिल्लो भिडियो सत्य हो वा भाइरल हुन रचिएको नाटक हो भन्दै फ्यानहरू सोधखोज गरिरहेका छन् । कतिले यसलाई नाटक मात्र होला भनेर सामान्य रूपमा पनि लिइरहेका छन् ।
वास्तवमा गायिका एलिनाको भाइरल भइरहेको उक्त भिडियो ‘थारा पैसा, थारी दौलत, थारी गाडी थारा नाम थारा बङ्गला थारा काम, तुम्ही रखो रे’ बोलको बलिउड गीतमा उनले भिडियो बनाएकी छिन् ।
एलिनाले यो भिडियो बनाउनु नौलो हैन, उनको अनुहारमा भएको दाग पनि मेकअपले बनाएको भनेर मान्न सकिन्छ । तर, यो सबै मानी रहँदा पनि उनको क्याप्सनलाई भने नजर अन्दाज गर्न सन्किँदैन । एक त यो गीतको भावार्थ ‘तिम्रो पैसा, तिम्रो सम्पत्ति, तिम्रो गाडी, तिम्रो नाम, तिम्रो घर, तिम्रो काम, तिमीसँगै राख…’ हो त्यहाँ माथि एलिनाले क्याप्सनमा पनि ‘‘एक सच्चा मानिसले तपाईलाई रिसाए पनि सम्मान गर्नेछ, याद राख्नुहोस्’’ भनेर लेखेकी छिन् ।
खासमा एलिनाले अभिनय गर्न बनाएको भिडियो हुनसक्छ । अनुहारका डामहरू नक्कली हुन सक्छन् । तर, एलिनाको गीत चयन र लेखेको ‘क्याप्सन’ले त्यसलाई शंका दिएको छ । त्यति मात्र हैन अर्को भिडियोमा पनि एलिनाले ‘हेपाइ सहनका लागि कारण होइन प्रेम, राम्रो गीत’ भनेर लेखेकी छिन् । एलिनाले कसलाई ईंगित गरेर लेखेकी हुन् भन्ने प्रस्ट छैन ।
एलिनाको यो पोस्ट पछि धेरैले कतै भिडियो मार्फत आफ्नै जीवन तर्फ त उनले इसारा गरेकी हैनन् भनेर सोच्न पनि भ्याएका छन् । उनले अपलोड गरेका भिडियोका कमेन्ट हेर्ने हो भने पनि सबैले उनलाई के भयो भनेर सोधेका छन् । कमेन्टमा कतिपयले श्रीमान्–श्रीमतीबीच केही खटपट भएको हो कि भन्दै चिन्ता व्यक्त गरिरहेका छन् भने कतिपयले नबुझ्ने मान्छे परेपछि यस्तै हो भन्न भ्याए त कतिले मानवता नभएको मान्छे सँग विवाह गर्दा यस्तै दुख पाइन्छ भनेका छन् । कतिले त बल्ल मार खाएछ अस्ट्रेलिया गएर विष्णुको हातबाट भनेर मजाक पनि उडाएका छन् । कतिले चाहीँ भाइरल हुन नाटक गरेको आरोप पनि लगाएका छन् ।
गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग बिहे गरेर एलिना अष्ट्रेलिया गएकी हुन् । अष्ट्रेलियामा विष्णुका विभिन्न व्यवसाय छन् । श्रीमानको व्यवसायमा पनि साथ दिइरहेकी एलिनालाई छिन भने उतै गीतहरू पनि रेकड गराउँदै आइरहेकी छिन् । तीन दिनअघि मात्रै एलिनाले अष्ट्रेलियाको नेपमेलो स्टुडियोमा तीन वटा नयाँ गीत रेकर्ड गरेको भन्दै भिडियो हालेकी थिइन् ।
यता, एलिनालाई नेपाल कहिले आउने भन्ने प्रश्नमा उनी आफू आवश्यकता अनुसार नेपाल आउने प्रतिक्रिया दिँदैछिन् ।
एलिनाले यसरी रोएको भिडियो हाल्दा उनीहरू श्रीमान -श्रीमतीबीच खटपट आएको धेरैले आशंका गरेका छन् । उसो त, उनीहरूको विवाह अघि पनि ब्रेकअपको खबर फैलिइएको थियो । धेरैले अब उनीहरू एक हुँदैनन् भन्ने ठानेका थिए, तर अचानक विवाहको कुरा सुन्दा सबै छक्क परेका थिए । तर, खुसी खुसी विवाह गरेकी एलिना अहिले यसरी रुँदा अपलोड गरेको भिडियोले फेरी एक पटक पहिलाकै घटना झैँ सबै सोच्न बाध्य भएका छन् ।