‘पुष्पा-२’ले नेपालमा ग्रसकलेक्सनमा बनायो नयाँ रेकर्ड, कति कमायो ?

काठमाडौं । चलचित्र ‘पुष्पा–२ : द रुल’ले नेपालमा ग्रसकलेक्सनमा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्र नेपालमा २० दिनमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने विदेशी चलचित्र बनेको छ ।
वितरकका अनुसार ‘पुष्पा–२’ले नेपालमा २० दिनमा २४ करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । २० दिनमा यो परिमाणमा हालसम्म कुनै पनि चलचित्रले कलेक्सन नगरेको वितरकको दाबी छ ।
नेपाली बक्सअफिसमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने तीनवटा चलचित्रमा यो सिनेमा परेको छ ।
चलचित्र ‘पुष्पा–२’मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दना मुख्य भूमिकामा छन् ।
चलचित्रलाई सुकुमार बान्द्रेडीको निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।