चलचित्र ‘११ः५५’को पोस्टरमा पेस्तोल भित्र अटाएका कलाकार

काठमाडौं । नेपाली चलचित्र ‘११ः५५’ को प्रदर्शन मिति सार्वजनिक भएको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको यो सिनेमाको पोस्टरसहित प्रदर्शन मिति मंगलबार घोषणा गरिएको हो । चलचित्र आगामी चैत्र ८ गते प्रदर्शनमा आउनेछ ।
चलचित्रका मुख्य कलाकारहरू समावेश गरिएको पोस्टरमा महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र नव-कलाकार सागर खनाल देखिएका छन् ।
पोस्टरले चलचित्रको गहन र रहस्यमय कथावस्तु झल्काउने प्रयास गरेको छ । पोस्टरमा चलचित्रको टाइटलसँगै “डु नट ट्रस्ट एनिवान” अर्थात् “कसैलाई विश्वास नगर्नुहोस्” लेखिएको छ । जहाँ मुख्य पात्रहरूलाई पेस्तोलको फ्रेमभित्र देखाइएको छ, जसले कथाको खतरनाक र थ्रिलिङ पाटोलाई संकेत गर्छ ।
‘११ः५५’ ले अपराध, रहस्य र विश्वासघातका विषयमा केन्द्रित कथा पस्कने बुझ्न सकिन्छ, जसले दर्शकहरूको चासो र प्रतिक्षा बढाएको छ ।
सिनेमामा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् ।
चलचित्रको लेखन र निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
सिनेमामा निर्देशक पाण्डेसंगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ । अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा देव महर्जनको द्वन्द्व निर्देशन छ ।
बिचित्र फिल्म्स र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज रहेका हुन् ।
चलचित्रको वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रालिले गर्ने भएको छ ।