पटकथा संग्रहालय स्थापना गर्दै विकास बोर्ड

काठमाडौं। चलचित्र विकास बोर्डले पटकथा संग्रहालय स्थापना गर्ने भएको छ । बोर्डले पटकथा संग्रहालय स्थापनाको काम सुरु गरिसकेको छ ।

सार्वजनिक प्रदर्शनमा आइसकेका चलचित्रको पटकथासहितको स्क्रिप्ट बोर्डले चलचित्र निर्देशक, लेखक तथा निर्माताबाट संग्रह गरेर पटकथा संग्रहालयमा राख्न सुरु गरेको हो ।

निर्माण भएर प्रदर्शनमा आइसकेका चलचित्रको स्क्रिप्ट मेकरले उक्त संग्राहलयमा राख्न सक्नेछन् । स्क्रिप्टको डिजिटल अर्काइभ गरिने बोर्डले जनाएको छ ।

यो संग्राहलयको सुभारम्भ बोर्डले विभागीय मन्त्रीबाट गराएको थियो ।

चलचित्रको रेकर्ड पनि रहने र नयाँ मेकरका लागि पटकथा कसरी लेखिँदो रहेछ, कुन सिनेमाको कपटकथा कस्तो रहेछ भनेर अध्ययन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको बोर्डले जनाएको छ ।

यो संग्रहालय स्थापनालाई बोर्ड अध्यक्ष दिनेश डिसीले आफ्नो सय दिने उपलब्धीमा पनि समेटेका छन् ।