यी हुन् वर्षकाे दुई करोडभन्दा धेरै कमाउने गायिका

काठमाडौं । गायक गायिकाका लागि अहिले सिजन चलिरहेको छ । मंसिर, पुस, माघ र फागुन स्टेजका रोजाइका कलाकारका लागि व्यस्त हुने समय हो । एक हिसावले भन्ने हो भने यो स्टेज कलाकारका लागि यी तीन महिना दसैँ नै हो ।

चलेका र रोजाइका लागि दिनकै यी तीन महिना लाखौँ आम्दानी गर्ने समय हो । त्यसैले कलाकारका लागि यो सिजन दसैँ हो भन्दा फरक पर्दैन । केही अहिलेका स्टेजका सर्वाधिक व्यस्त कलाकार महिनाका हरेक दिनजसो स्टेज कार्यक्रम गर्छन् ।

एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी अस्मिता अधिकारी, शान्तीश्री परियार, प्रिती आले, प्रमोद खरेललगायत कलाकार अहिले स्टेजका सर्वाधिक डिमान्डेड कलाकार हुन् । यी कलाकार प्रायः सिजनमा हरेक दिनजसो स्टेज कार्यक्रम गरिरहेका छन् ।

उनीहरु स्वयंले पनि सिजनमा करिब तीस दिन नै कार्यक्रम गर्ने गरेको बताउँछन् ।

उनीहरुले एउटा स्टेज कार्यक्रमबाट कम्तीमा ६० हजारदेखि माथि लिने गरेका छन् । कम्तीमा ६० हजारदेखि बढीमा डेढ लाखसम्म पारिश्रमिक लिन्छन् । विदेशका हकमा तीन लाखसम्म लिने गरेका छन् । तर विदेशमा हरेक दिन कार्यक्रम हुँदैनन् । विदेशका कार्यक्रममा जाँदा लामो ग्यापमा कार्यक्रम हुन्छ ।

अफ सिजनमा पनि उनीहरूले कम्तीमा महिनामा ८÷१० वटा गीत गाउने गरेका छन् ।

दैनिक कम्तीमा दुईवटा गीत गाउने गरेका छन् । कार्यक्रममा व्यस्त हुने महिनामा पनि महिनाको १०÷१२ वटा गीत गाउँदै आएका छन् । प्रति गीत १५ देखि २५ हजार लिने गरेका छन् ।

यसरी व्यस्त हुन उनीहले कति कमाउँछन् होला, यो चासोको विषय हो ।

स्टेजमा व्यस्त हुने तीन महिनामा औसतमा १० वटा गीत गाउँदा ३० वटा गीत गाउँछन् । प्रति गीतको औसत पारिश्रमिक २० हजार लिँदा ६ लाख हुन्छ ।

बाँकी ९ महिना सौतमा दिनको दुईवटा गीत गाउँदा ५४० वटा गीत गाउँछन् । औसतमा २० हजार पारिश्रमिक लिँदा एक करोड ८ लाखभन्दा धेरै गीत रेकर्डिङबाटै आम्दानी हुन्छ ।

स्टेजमा व्यस्त तीन महिनाको आम्दानीबाट रेकर्डिङबाट मात्रै एक करोड १४ लाख कमाइ हुन्छ ।

स्टेजमा व्यस्त हुने तीन महिनामा औसतमा महिनाको २५ वटा कार्यक्रम गर्दा ७५ वटा हुन आउँछ । ७५ वटा कार्यक्रमबाट औसतमा ८० हजार पारिश्रमिक लिँदा ६० लाख हुन्छ ।

बाँकी अफ सिजनका नौ महिनामा ५ वटाका दरले मात्रै कार्यक्रम गर्दा पनि ४५ वटा कार्यक्रम हुन्छ । ८० हजारका दरले ४५ वटा कार्यक्रमको पारिश्रमिक ३६ लाख हुन्छ ।

वर्षमा यी कलाकारको जम्मा कति हुँदोरहेछ त कमाई ? औसतमा हिसाब गर्दा दुई करोड १० लाख कमाई हुने गरेको देखिन्छ । यो आकर्षक कमाई गर्ने कलाकारको संख्या भने धेरै छैन ।

एलिना, रचना, समीक्षा, अस्मिता, शान्तीश्री, प्रिती, प्रमोद खरेललगायत हुन् । उनीहरूबाहेक व्यस्त हुने कलाकारमा पशुपति शर्मा, रामजी खाँड, शिव परियार, सत्यराज आचार्य, स्वरूपराज आचार्य, हेमन्त शर्मा, रामकृष्ण ढकाललगायत गायकगायिका पनि स्टेज कार्यक्रममा व्यस्त हुने कलाकार हुन् ।