karsang
Close Me

सिने उद्योगमा ‘बन्दी’मार्फत फर्किंदै सुशील, निर्देशक छाने लक्ष्मणलाई

काठमाडौं । निर्माता सुशील पोखरेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चलचित्र ‘राधे’ पछि चलचित्र निर्माणमा नदेखिएका उनी नयाँ निर्देशकका साथ निर्माण आउन लागेका हुन् ।

सुशीलले ‘बन्दी’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले ‘बन्दी’ निर्देशनको जिम्मा ‘बुलाकी’ फेम्ड निर्देशक लक्ष्मण सुनारलाई दिनेछन् ।

निर्माण पक्षका अनुसार अहिले चलचित्रका कथामा काम भइरहेको छ । कथा सुशील देवकोटाले लेखिरहेका छन् ।

चलचित्र केही महिनापछि छायांकनमा जानेछ ।