एउटा फरक एकल साँझ, जहाँ पुष्पन कथा सुनाउँदै गाउँदै थिए
५ असार २०८१, मंगलवार
काठमाडौं । कथा भन्दै गीत गाउने गायक पुष्पन प्रधानले काठमाडौंमा एकल साँझ गरेका छन् । कथाको गीत सुनाउँदै दर्शकलाई लाइभ गीत सुनाउने पुष्पनले त्यही शैलीमा काठमाडौंमा सोमबार एकल साँझ गरेका हुन् ।
‘पन्छीः कथा भन्ने, गाउने’ शीर्षक दिएको एकल साँझमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिको ठूलो उपस्थिति थियो । घाम डुब्दै गर्दा दर्द र खुसी, अचम्म र भावनात्मक गीतका कथा सुनाउँदै पुष्पनले गीत गाउँदा उपस्थित संगीतप्रोी तथा सर्जक भावुक बनेका थिए ।
मण्डला थिएटरमा आयोजित एक साँझामा उनले ‘पन्छी’, ‘बाबुको जुँगो’, ‘ठुल्दाजु’, ‘सुन रे सियाराम’, ‘ओ फकिरा’लगायत गीत गाएका थिए । उनलाई उनको ब्यान्ड ‘पुष्पन अनि सारथि’ले साथ दिएको थियो ।
आफ्ना गीत सिर्जना कथा अथवा रचनागर्भ सुनाउँदै गीत गाउने गायकको छवि बनाएका पुष्पनका गीत पनि कथा बोकेकै हुने गरेका छन् ।