‘हिरुलाल : द सोल अफ कर्णाली’मा चक्र र रचनाकाे स्वर

कर्णाली प्रदेशको जन–जीवनमा आधारित म्युजिकल सिनेमा ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको ‘हिरुलाल : द सोल अफ कर्णाली’मा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ ।

यो म्युजिकल सिनेमाले आर्थिक र अन्य अवसरका लागि विदेशिन बाध्य स्थानीयको पीडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णाली र सुदूरपश्चिमबासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन् भन्ने कुरालाई नजिकबाट नियाल्ने अवसर दिएको छ ।

यो म्युजिक सिनेमालाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक कम्पोज चक्र बमले गरेका हुन् । उनी यो म्युजिकल सिनेमाका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।

सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् ।

अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भूमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् ।