karsang
Close Me

भुवन केसी भन्छन्– ऐन अभावले आदिवासी चलचित्र ओझेलमा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी जनजाति चलचित्रले विश्वमा नेपालको नाम चिनाउने काम गरेको बताएका छन् । आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरे पनि नेपालमा यस विषयमा ऐन अभावका कारण ओझेलमा परेको उनको भनाइ छ ।

चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ले बिहीबार इटहरीमा आयोजना गरेको ‘बृहत् बिचार गोष्ठी कार्यक्रम–२०८१’मा बोल्दै केसीले आदिवासी जनजाति चलचित्रकर्मीको गतिविधि बढ्दै गएको खुसी ब्यक्त गरे ।

उनले नेपाली कलासंस्कृति नेपालको गौरव भएको बताउँदै यसलाई विश्वमाझमा पुर्याउने सबैभन्दा सजिलो माध्यम नै चलचित्र भएको बताए ।

कार्यक्रममा चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानले चलचित्र विकास बोर्ड अब काठमाडांैमा मात्रै सीमित नभएको बताए । चलचित्र विकास बोर्डले पछिल्लो समय देशव्यापि कार्यक्रमहरू आयोजना गरिरहेको उनको भनाइ थियो ।

अभिनेत्री मिरुना मगरले चलचित्र क्षेत्र आफ्ना लागि विद्यालय जस्तै भएको बताइन् । उनले आफूले धेरै समुदायको पात्र बनेर अभिनय गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।