‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’को उपाधि तामाङलाई
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२४’ सम्पन्न भएको छ । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा भएको प्रतियोगिता ‘मिस ब्युटीफुल नेपाल’को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् ।
प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए ।
‘मिसेस ब्युटीफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए । फिनालेमा दुवै समूहका आठ÷आठ गरी १६ प्रतिस्पर्धी थिए ।
प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ थिए । कार्यक्रमको अध्यक्षता दक्ष इन्टरनेशनलका प्रमुख एवम् कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले गरेका थिए ।