हटाइयो ‘इट्स माई सो’को विवादित क्लिप

काठमाडौं । कान्तिपुर टेलिभिजनले ‘इट्स माई सो’को विवादित क्लिप हटाएको छ । प्रेस काउन्सिल नेपालको निर्देशनपछि टेलिभिजनले कलाकारको नाम जोडिएको विवादित क्लिप हटाएको हो ।

ओसिन सिटौलाले चलाएको कार्यक्रमले व्यक्तिगत गोपनीयता हनन भएको भन्दै विवादित बनेको थियो । कार्यक्रममा सहभागी स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले नामै लिएर अरुको व्यक्तिगत सम्बन्धबारे बोलेपछि उक्त अभिव्यक्तिले व्यक्तिको गोपनीयता हनन भएको भन्दै धेरैको उक्त कार्यक्रम नै युट्युबाट हटाउन आग्रह गरेका थिए ।

प्रेस काउन्सिल नेपालले शोबारे प्रस्ट पार्न टेलिभिजनलाई २४ घण्टे पुर्जी काटेको थियो । टेलिभिजनले दिएको लिखित जवाफ चित्त नबुझेको भन्दै काउन्सिलले प्रस्तोता ओसिन सिटौलालाई बयानका लागि बोलाएको थियो ।