एफएलएफ अवार्ड–२०८१ हुँदै

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्सले ‘एफएलएफ अवार्ड २०८१’ गर्ने भएको छ । छैठौं संस्करणको अवार्डका लागि आवेदन खुलिसकेको छ ।

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने बताए । “हामीले फिल्म, म्युजिक भिडियोका लागि फाराम खुलाइसकेका छौँ । अमेरिकामा रहेका जुरी सदस्यहरूले फिल्म हेरिरहनु भएकाले नोमिनेसन चाँडै सार्वजनिक गर्नेछौँ”, उनले भने ।

अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय जुरी टिम बनाइएको छ ।