प्रिमियरमा ‘घरज्वाइँ’लाई प्रतिक्रिया ‘टिपिकल’ सिनेमा

काठमार्डौं । यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘घरज्वाइँ’को मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।
प्रिमियर शोमा सिनेमा हेर्न प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, खुस्मा निर्देशक अशोक थापा, निर्देशक तथा वितरक अशोक शर्मा, अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बम्जन, अभिनेत्री पशुपति राई, निर्माता मणिराम पोखरेल, निर्माता तथा निर्देशक अपिल बिष्टलगायत सिनेमाकर्मी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिनिधि समभाकी उपसभामुख इन्दिरा राना मगरले भनिन्, “यो सिनेमाले मगर सम्प्रदायको त्यो पनि पश्चिमतिरको हाम्रोमा पूर्व र पश्चिमको मगर छ । पश्चिमको मगरले खाम बोल्छन् । हामी पूर्वको मगर हामी चाहीँ मगर भाषा भन्छौं । हामी पनि पश्चिमबाट नै बसाई सरेर पूर्व पुगेका हौं ।”
उनले अगाडि थपिन्, “पूर्वको मगर चाहीँ एकदमै चाँडो शिक्षित भएर सभ्य हुँदै गएको देखिन्छ । जस्तो मेरो दाई पढेको मान्छे हुनुहुन्थ्यो । जसलाई मामाको छोरी बिहे गर्न भन्दा म मामाको छोरी बिहे गर्दिन भन्नुभएको थियो । उहाँलाई थाहा थियो कि मामाको छोरी बैनी हो । यस्ता टिपिकल कुराहरु सिनेमाले उठाएकाले घरज्वाइँ उत्कृष्ट बनेको छ ।”
अभिनेत्री उपासना सिंह ठकुरीले पनि सिनेमा निकै मन परेको बताइन् । “यो सिनेमाको स्टोरी लाइन नै एकदमै फरक लाग्यो । म सुदूरपश्चिमबाट आएको मान्छे भएर यो कल्चर मलाई एकदमै फरक र राम्रो लाग्यो । यो सिनेमाले महिलाको इमोसन र सेन्सेटिभ कुराहरुलाई ध्यान दिएर चाहीँ पहिलो प्रथामितामा राख्ने संस्कृति राम्रो लाग्यो,” उनले भनिन्, “यसले गर्दा सिनेमाले आफुलाई छोएको उपासनाले बताउँछिन् ।”
अभिनेता कुन्साङ बम्जनले पनि सिनेमाको कथावस्तु र प्रस्तुति निकै मन परेको बताए ।
“मगर संस्कृति निर्देशक अनिलले ५ बर्ष अगाडी कन्सेप्ट बनाएर गरेको तयारी यतिवेला भाको भएदेखि म नहुँन पनि सक्थे होला । तर, त्यो वेलादेखिको हाम्रो एउटा प्लानिङ भएर यो प्रोजेक्ट भएको बताए । साथै, ‘घरज्वाइँ’ मगर कल्चर हो,” सिनेमाका मुख्य अभिनेता दायाहाङ राईले भने, “कल्चरमाथि इन्ट्रेस्ट हो मेरो । हरेक कल्चरहरुलाई म मरो क्षमताले भ्याएसम्म बुझ्ने कोशिस गर्छु । अझ मैले गर्ने काममा नै यी कुराहरु आउँदा त म एकदमै खुशी छु ।”
अभिनेत्री मिरुना मगरले आफू पूर्वको मगर भए पनि पश्चिमको मगरको कथामा सिनेमामा काम गरेको बताइन् । “हामी सानैदेखि हुर्किदा पूर्वमा हुर्केको हो । मेरो घर धरान भएको कारणले मैले पूर्वेली तरिकाले मगर समुदायमा के–के गरिन्छ । त्यहाँको कल्चरहरु चाहीँ मैले देख्दै घरमा पनि त्यो कुराहरु लागु गर्दै हुर्केको हो,” उनले भनिन्, “तर, यो सिनेमामा काम गरिरहँदा हामी मगरहरुको कल्चर कति रिच रैछ भन्ने कुरा मैले महसुस गरेँ ।”
आफूले पूर्वी रुकुम, तकसेरा, बाछिगाउँ, लुगुम म कैले पुग्छु भनेर पनि सोचेको बताइन् । “त्यहाँ पुग्दा मैले जुन देखेको थिए । मगर कल्चर त्यो भन्दा अझै बढी रैछ । भिन्न भिन्न किसिमको रैछ भन्ने जान्न र बुझ्न पाए । त्यसैले सम्पुर्ण नेपाली सिनेमाका दर्शकले पनि मगर कल्चर जान्न र बुझ्नको लागि पनि यो सिनेमा हेर्न जरुरी छ ।
जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको सिनेमाको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ । सिनेमा असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।
सिनेमाका गीतमा हर्क साउद र मनोज थापा मगरको शब्द तथा संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने सिनेमाको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएमले अष्ट्रेलियाले सिनेमाको विदेश प्रदर्शन अधिकार लिएको छ । नेपालमा सिनेमालाई आरआर फिल्मसले वितरण गर्दैछ ।

