क्यूएफएक्सले ५७ शो दिएको ‘घरज्वाइँ’ले देशभर ३०० शो पाउने विश्वास

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को अग्रिम टिकट बुकिङ खुला भएको छ । चलचित्रले उच्च शो पाएको छ । मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म चलचित्रले उच्च शो पाएको हो ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्रै देशभरका ४० स्क्रिनमा ५७ शो पाएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमााले १३, एफक्यूबले ६, बिएसआर मुभिजले ५ शो दिएका छन् ।
वान सिनेमाज्, सिके सिनेमाज्, रञ्जना सिनेप्लेक्स, विश्ज्योती सिनेमाज्, सिने डी सेफ लगायतका सिनेमा हलले अहिलसम्म अग्रीम टिकट बुकिङ खल्ला गर्न बाँकी छ ।
निर्माण टिमले शुक्रबारसम्ममा करिब ३०० हाराहारीमा शो पाउने विश्वास रहेको बताएको छ । प्रिमियरका पाएको प्रतिक्रियाले निर्माण टिम दर्शक पाउनेको ढुक्क छ ।
अनिल बुढा मगरेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमालाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरको अभिनय छ ।
चलचित्र असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुनेछ ।