चलचित्र ‘हली’को गीत ‘चान्स पाए त’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘हली’को गीत सार्वजनिक गरिएको छ । निर्माणपक्षले आज ‘चान्स पाए त’ बोलको गीत सार्वजनिक गरेको हो ।
प्रोमोस्नल गीतमा बाबुल गिरी र शान्तीश्री परियारको स्वर छ । जम्मिन श्रेष्ठको शब्द रहेको गीतमा संगीत बाबुल गिरीकै छ । प्रमिल गीतमा मायाका लागि गर्ने प्रयास, अपेक्षा र व्यंग्य छ ।
चिरायु फिल्मस प्रा.लिको प्रस्तुतिमा निर्माण भइरहेको ‘हली’ मा अभिनेता सरोज खनाल, प्रमोद दीप र अभिनेत्री सुजाता थापा लगायतका कलाकार छन् ।
गाउँ समाजमा घटेका सामाजिक घट्ना विषयवस्तु बनाइएको फिल्म ओम प्रतिक गुरुङले निर्देशन गरेका छन् ।
पूजा गुरुङ ‘गर्वि’, जस्मिन श्रेष्ठ र गोविन्द लामिछाने निर्माता रहेको चलचित्रमा ओम प्रतिक गुरुङ, अरुणा कार्की, विद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतको पनि अभिनय रहेको छ ।