आमिरको ‘सितारे जमिन पर’ले सात दिनमा कति कमायो ?

काठमाडौं । बलिउड सिनेमा ‘सितारे जमिन पर’ले सात दिनमा ८८ करोड माथि व्यापार गरेको छ ।

आमिर खान स्टारर बलिउड सिनेमाले पहिलो दिन शुक्रबार १० करोड ७० लाख भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

शनिबार १९ करोड ९० लाख, आइतबार २६ करोड ७० लाख, सोमबार ८ करोड ५० लाख, मंगलबार ८ करोड ६० लाख, बुधबार ७ करोड ५१ लाख र बिहीबार ६ करोड ५५ लाख गरेर सात दिनमा ८८ करोड ४६ लाख भारतीय रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

फोर स्टारभन्दा माथि रेटिङ पाएको ‘सितारे जमिन पर’ सन् २०१८ को स्पेनिस चलचित्र ‘च्याम्पियन्स’को रिमेक हो ।

यो सिनेमालाई प्रसन्न आरएसले निर्देशन गरेका छन् ।