अनमोलको ‘बाटुलो जुन’को छायांकन सुरु, फर्स्ट लुक सार्वजनिक

काठमाडौं । अनमोल केसीको चलचित्र ‘बाटुलो जुन’को छायांकन सुरु भएको छ । पहिलो चरणको छायांकन सुरु भएको हो ।
पहिलो चरणमा एक साता छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा हुनेछ ।
निर्माण पक्षले नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ ।
दाह्री पालेका अनमोल प्रिन्सीसँग केही हेरेर टोलाएका छन् ।
चलचित्रमा अरू को–को कलाकार छन् निर्माणपक्षले खुलाएको छैन । निर्देशक भुवन केसी हुन् ।