सिनेमा आर्टले चलचित्र ‘बडादशैँ’ बनाउँदै, दशैँमा रिलिज हुने

काठमाडौं । सिनेमा निर्माण गर्दै आएको चर्चित ब्यानर सिनेमा आर्ट अर्को चलचित्र निर्माणमा जुटेको छ । यो ब्यानर यतिबेला चलचित्र ‘बडादशैँ’ निर्माणको तयारीमा छ ।

चलचित्र ‘बडादशैँ’ यो दशैँमा नभएर आउँदो वर्षको दशैँमा रिलिज हुनेछ । सिनेमा आर्टको ब्यानरमा निर्माण हुने ‘बडादशैँ’लाई रौनकविक्रम कँडेलले निर्माण गर्नेछन् ।

चलचित्रलाई साजन काफ्ले र आकाश बरालले निर्देशन गर्ने स्रोतले बताएको छ । सिनेमामा लेखन पनि उनीहरूकै रहनेछ ।

यसअघि साजन र आकाशले ‘बेहुली फ्रम मघौली’ निर्देशन गरेका थिए । ‘बेहुली फ्रम मघौली’ उनीहरूको डेव्यु निर्देशकीय चलचित्र थियो ।

‘बडादशैँ’मा कोको कलाकार हरनेछ, त्यो भने निश्चित भइनसकेको बताइएको छ ।

सिनेमा आर्टले भने यसअघि ‘फेरि रेशम फिलिलि’ बनाएको थियो । राम्रो हाइप बनाए पनि यो सिनेमाले राम्रो व्यापार भने गर्न सकेको थिएन ।

सिनेमा आर्ट बिग बजेटमा सिनेमा बनाउँदै आएको ब्यानर हो ।