‘मोहर’को शीर्ष गीतले कस्तो पाइरहेको छ प्रतिक्रिया ?

काठमाडौं । रिलिज भएको ९ दिनमा चलचित्र ‘मोहर’को ‘चाँहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्युज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्युज पाएपछि निर्देशक प्रतिक भन्छन्, “हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।”

शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । फिल्मको टिजरलाई पनि दर्शकको सुखद प्रतिक्रिया मिलेको छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कालकार पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

चलचित्र बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवीलगायत कलाकारहरुको पनि अभिनय छ ।