चलचित्र विकास बोर्ड र शाही नेपाल चलचित्र संस्थानको पहिलो अध्यक्ष को थियो ?

काठमाडौं । चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो । नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित जति पनि संघसंस्था छन्, यसकै मातहत छन् ।
चलचित्र विकास बोर्ड भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको संस्था हो ।
चलचित्र विकास बोर्डको स्थापना विसं ५०५७ असार १६ अथवा ३० जुन २००० मा भएको थियो । बोर्डको संस्थापक अध्यक्ष अथवा पहिलो अध्यक्ष यादव खरेल हुन् ।
उनलाई सरकारले ३० जुन २००० मा नियुक्त गरेको थियो । उनी २००२ अप्रिल १२ सम्म बोर्ड अध्यक्षमा रहेका थिए ।
शाही नेपाल चलचित्र संस्थानको संस्थापक अध्यक्ष पनि यादव खरेल नै थिए । शाही नेपाल चलचित्र संस्थानको स्थापना विसं २०२८ कात्तिक १६ भएको थियो । जसको अध्यक्ष यादव खरेल भएका थिए ।
उनी चलचित्र निर्देशक हुन् । ‘प्रेम पिण्ड’, ‘श्रीस्वस्थानी’, ‘लोभीपापी’, ‘आदिकवि भानुभक्त’, ‘चेलिबेटी’लगायत चलचित्र उनले निर्देशन गरेका थिए ।
उनी गीतकार पनि हुन् । उनका थुप्रै गीत लोकप्रिय छन् । यादव खरेलले रेडियो नेपाल र बीबीसी नेपाली सेवामा पनि काम गरेका थिए ।
बीबीसीमा लन्डनमा बसेर काम गरिरहेका बेला बेलायत भ्रमणमा गएका तत्कालीन राजा महेन्द्रले उनलाई भेटेपछि चलचित्र बनाउन नेपाल बोलाएका थिए ।
राजा महेन्द्रको बोलाएपछि यादव खरेल नेपाल फर्किएर नेपाली चलचित्र निर्माणमा होमिएका थिए । त्यसपछि दरबारले खडा गरेको शाही नेपाल चलचित्र संस्थानले सरकारी लगानीमा चलचित्र बनाएको थियो ।
यो संस्थानले पञ्चायतलाई पक्षपोषण गर्नेगरी सिनेमा बनाएर प्रदर्शन गरेको थियो ।