२५ वर्षमा कतिवटा नेपाली चलचित्र बने ?

काठमाडौं । पछिल्लो २५ वर्षमा नेपालमा दुई हजार ८८६ चलचित्रले निर्माणका लागि इजाजत लिएका छन् । ०५७ सालदेखि ०८२ सम्म डिजिटल/सेल्युलाइड गरी दुई हजार ८८६ चलचित्रलाई चलचित्र विकास बोर्डले गरी निर्माणका लागि इजाजत दिएको हो ।

बोर्डले दुई हजार २६७ स्वदेशी चलचित्रको जाँच सिफारिस गरेको छ । एक हजार १९३ विदेशी चलचित्र जाँच सिफारिस प्रदान गरेको बमेर्डको तथ्यांक छ ।

४५१ वटा सिनेमा हल निर्माणका लागि बोर्डले निर्माण इजाजत दिएको छ । २१९ वटा संस्थालाई चलचित्र वितरण इजाजत प्रदान गरिएको बोर्डको तथ्यांक छ ।

हाल सञ्चालनमा रहेका चलचित्र घरहरूको संख्या १६४ रहेको बोर्डले जानकारी दिएको छ ।