लागु भयो रियल टाइम बक्सअफिस, अब सबैले चलचित्रको कमाई हेर्न पाउँछन् ?

काठमाडौं । चलचित्र विकास बोर्डले रियल टाइम बक्सअफिस लागु गरेको छ । रियल टाइम बक्सअफिस एप सार्वजनिक गर्दै बोर्डले उद्घाटन पनि गरेको छ ।
एपको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । उक्त एपको नाम बक्सअफिस एट सिनेपा राखिएको छ ।
बोर्डको २५ औँ वार्षिक उत्सवका अवसरमा बोर्डले रियल टाइम बक्सअफिस लागु गरेको हो ।
बोर्डका अनुसार नेपालभरका १६६ सिनेमा हलको शो शंख्या छ । यी शोको विवरण बक्सअफिसमा हेर्न सकिने बोर्डले बताएको छ ।
रियल टाइम बक्सअफिस लागु भए पनि यो सीमित व्यक्तिले मात्रै हेर्न पाउने छन् । तोकिएका सम्बन्धित सिनेमाका निर्माता, एकजना वितरकले हेर्न पाउनेछन् ।
चलचित्र विकास बोर्डमा तोकिएका फोकल पसर्नले पनि हेर्न पाउनेछन् । अर्थ, सञ्चार र राजस्व कार्यालयका तोकिएका व्यक्तिले बाहेक अन्यले हेर्न पाउने छैनन् ।
रियल टाइम बक्सअफिस तथ्यांक मिडिया र अन्य सर्वसाधारणको पहुँचमा पनि रहने छैन ।