अब हट्यो चलचित्र विकास बोर्ड जाने झन्जट

काठमाडौं । चलचित्र विकास बोर्डले अब अधिकांश सेवा अनलाइनबाट प्रदान गर्ने भएको छ । बोर्डले प्रदान गर्ने ३५ मध्ये ३३ वटा सेवा अनलाइनबाट दिने भएको हो ।
बोर्डबाट प्रदान गर्ने ३५ मध्ये ३३ सेवा अनलाइनबाट दिइने घोषणा गर्दै सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बोर्डको २५ औँ वार्षिक उत्सवको अवसरमा रिमोटमार्फत यसको सुरुवात गरेका छन् ।
तीनवटा सेवा भने अनलाइनबाट दिन नसक्ने भएकाले बोर्डबाटै सेवा प्रवाह गर्ने बोर्डले प्रष्ट पारेको छ ।
चलचित्र विकास बोर्डले चलचित्र निर्माणको दर्ता, नवीकरण, केन्द्रीय चलचित्र जाँच पास समितिलाई सेन्सरका लागि सिफारिस, हललाई सिनेमा रिलिका लागि प्रदशर्नको कोड प्रदान, हलको अनुगमन, हल सञ्चालनका लागि इजाजत प्रदान, सिनेमाको वृत्तिविकासका लागि कार्यक्रम लागयत ३५ प्रकारका काम गर्दै आएको छ ।
अधिकांश काम अब अनलाइनबाटै हुने भएपछि बोर्डमा धाइरहनुपर्ने झन्जट हट्ने निश्चित छ ।