‘गोर्खा वारियर’ निर्माता राईले चढे मेरा पिक, अबको लक्ष्य सगरमाथा

काठमाडौं । चलचित्र ‘गोर्खा वारियर’ का निर्माता सुमन राईले ६,४७६ मिटर अग्लो मेरा पिक हिमालको सफल आरोहण गरेका छन् । राईको अबको लक्ष्य सगरमाथाको सफल आरोहण रहेको छ ।

निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहास समेटेर ‘गोर्खा वारियर’ चलचित्र निर्माण तथा निर्देशन गरेका हुन् ।

सुमन राई बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा पहिलो प्रिमियर गरेर नेपाली चलचित्र क्षेत्रमा किर्तिमान राख्न सफल चलचित्र ‘गोर्खा वारियर’ का निर्माता हुन् ।