सुटिङमा डाउन साइज गरिएकी मिस पवी ‘माग्ने राजा’को टिजरमा अटाइनन्

काठमाडौं । चलचित्र ‘माग्ने राजा’को टिजरमा मिस पवी अटाएकी छैनन् । सोमबार सार्वजनिक भएको टिजरमा सिनेमाका अन्य मुख्य कलाकार अटाए पनि मिस पवी भने अटाइनन् ।
निर्माणपक्षले सिनेमा साइन गराउँदा राम्रै प्राथमिकता दिए पनि टिजरमा भने त्यो देखिएन । त्यसो त छायांकनकै क्रममा उनले मिस पवीको राम्रो खबर थिएन ।
डाइलग राम्रोसँग बोल्न नसकेपछि उनलाई डाउन साइज गरिएको समाचार आएको थियो । सोचेजस्तो काम गर्न नसकेपछि निर्माणपक्षले सुटिङ सेटमै उनको सिन काटेको थियो । यो चलचित्रमा उनी पत्रकारको भूमिकामा देखिने चर्चा छ ।
टिकटक हुँदै मोडलिङमा प्रवेश गरेकी मिस पबी सामाजिक सञ्जालमा भने लोकप्रिय छिन् ।
मिस पबी अहिले विक्की अग्रवालले निर्देशन गरिरहेको टिभी कार्यक्रम ‘कमेडी दरबार’मा काम गरिरहेकी छन् । उनीले टिभी श्रृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी थिइन् ।
केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’को टिजर सोमबार सर्वजनिक भएको थियो । यो चलचित्रमा केदार घिमिरेसँगै वर्षा सिवाकोटी र आर्यन सिग्देल मुख्य भूमिकामा छन् ।
ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र भदौ ६ गते रिलिज हुँदै छ । पटकथा सामीप्यराज तिमल्सेनाले लेखेका छन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । चलचित्रमा मुनाल घिमिरेको लगानी छ ।
चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दै छ ।