नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डलामा

काठमाडौं । सामाजिक तथा राजनीतिक कथामा आधारित नाटक ‘हराएको कुकुर’ यही शनिबारदेखि मञ्चन हुँदै छ । कलाकार मणि कुलुङ राईको कथा÷निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन हुनेछ ।
नाटक ‘हराएको कुकुर’ सोमबारबाहेक हरेक दिन ४ बजेदेखि मञ्चन हुनेछ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ बजेदेखि पनि मञ्चन हुनेछ ।
नाटक ‘हराएको कुकुर’ थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिए ।
नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमनजस्ता विषयलाई उजागर गर्नेछ ।