‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । देशभक्ति भावनाको कथावस्तु समेटिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को शीर्ष गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई,आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधानले अभिनय गरेका छन् ।
जरसिंह पौवास्थित साँगा चोकमा खिचिएको गीतमा विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको गायन रहेको छ । गीतले चलचित्रको कथावस्तु दर्शाउँछ ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतमा २०० जति राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् ।
मित्र प्रधानको निर्देशन रहेको यस चलचित्रमा शिवम् अधिकारीको लेखन रहेको छ । सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।
दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको चलचित्रमा संगीत रहेको छ भने दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।चलचित्रलाई आरआर फिल्मसले वितरण गर्दैछ।