रोहित अधिकारीको ‘भाइटीका’मा विपीन कार्की अनुबन्ध

काठमाडौं । चलचित्र ‘भाइटीका’मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन् । रोहित अधिकारीले निर्माण गर्ने चलचित्रमा विपीन अनुबन्ध भएको स्रोतले बताएको छ ।

विपीन कार्की यो सिनेमामा सेयरमा बसेका छन् । कथा मन परेकाले उनी पहिलोपटक सेयरमा बसेको स्रोतले बताएको छ ।

यो चलचित्र २०८३ को तिहारको केही समयअगाडि रिलिज हुनेछ । तिहारको ११ दिन अगाडि रिलिज हुने निर्माण स्रोतले बताएको छ ।

रोहित अधिकारी फिल्म्सको प्रस्तुति रहने ‘भाइटीका’लाई दीपक वलीले निर्देशन गर्नेछन् ।

महेश दवाडीले सिनेमाको कथा लेखेका छन् । चलचित्रमा शम्भुजित वास्कोटाको संगीत रहनेछ । चलचित्रले तिहारसँग जोडिने दाजुभाइ र दिनीबहिनीको कथा भन्ने बताइएको छ ।

रोहित अधिकारीको यो पाँचौँ फिल्म हो । अहिले उनले ‘माइतीघर’ निर्माण गरिरहेका छन् । ‘माइतीघर’ यही दसैँको फूलपातीमा रिलिज हुँदैछ ।