धिरजलाई लिएर ‘मैझारो’ निर्माण गर्दै विल्सन विक्रम राई

काठमाडौं । तक्मे प्रोडक्सनको ब्यानरमा चलचित्र ‘मैझारो’ निर्माण हुने भएको छ । सोमबार निर्माण पक्षले अभिनेताका रुपमा धीरज मगर अनुबन्ध गर्दै निर्माणको घोषणा गरेको हो ।

चलचित्रको लेखन तथा निर्देशन विल्सन विक्रम राईले गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

दर्जनौँ चलचित्रमा अभिनय गरेर दर्शकको मन जितिसकेका उनले ‘मैझारो’मार्फत निर्देशनमा पनि हात हालेका हुन् । यो चलचित्रमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहनेछ । सौरभ लामाले छायांकन गर्नेछन् ।

फिल्मलाई सौरभ लामाले खिच्ने छन् । छायांकन साउनको पहिलो हप्ताबाट सुरु हुनेछ ।

निर्देशक राईले यो चलचित्रको छायांकन इलाम र पाँचथरका रमणीय स्थानहरूमा गर्ने बताए । सामाजिक कथावस्तुमा आधारित ‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा निर्माण हुनेछ ।